२०८३ जेष्ठ ४ गते सोमवार

श्रम संस्कृति पार्टीका सांसदद्धारा पर्चा लिएर विरोध प्रदर्शन

काठमाडौ, ४ जेठ । प्रतिनिधिसभाको बैठकमा आउँदो आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको छ । आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री जवाफदेही बनेको खोइ,प्रधानमन्त्री संसद प्रति जवाफदेही हुनुपर्छ, प्रश्न देखी भाग्न पाईदैन र संसदलाई सम्मान गर जस्ता लेखिएको पर्चा बोकेर उनीहरुले विरोध जनाएका हुन् ।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित हुनुभएन । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो । संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको हो । यसैगरी दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार
प्रतिक्रिया