दिगो बिकाश कार्यक्रम दंगिशरणमा सम्पन्न

दिप्तीशिखा चौधरी ,तुलसीपुर २६ असोज ।
दिगो बिकाश लक्ष्य कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रवार दंगीशरण गाँपालीकाको कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा ओरेककी कार्यक्रम अधिकृत पदमा चौधरीले दिगो बिकाशका लक्ष्य , दिगो बिकाशका आयामहरु , दिगो बिकाशका महत्व र आबश्यक्ता , दिगो बिकाशका लक्ष्य र लैंगिक समानता बिच सम्बन्ध , दिगो बिकाशको तयारी , नागरीक समाजको भूमीका , सरकारले गर्नुपर्ने कर्तब्य लगाएतका बिषयमा जानकारी गराउनु भएको थियो ।
सो अबसरमा बोल्ने बक्ताहरुले अब स्थानीय तहमा दिगो बिकाश कार्यक्रम अन्र्तगत बालबालीकाका लागी सचेतनामूलक कार्यक्रम गर्नुपर्ने, पछिल्लो समय बाल बिबाह बढ्दै गएकाले यसलाई रोक्न बिधालयहरुमा शैक्षीक कार्यक्रमको ब्यबस्था गर्नुपर्ने, अभिभावकले बालबालीका माथी अझ बढि जिम्मेवार हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा गाउँपालीका उपाध्यक्ष पिमा खड्का , कानुनी सल्लाहकार श्रीप्रशाद चौधरी , वडा न. १ का श्री प्रशाद चौधरी, वडा न. ३ का पूर्ण बहादुर चौधरी , शिक्षा शाखाका अनील के.सी , स्वास्थ्य शाखाका भरत देवकोटा , हेकुली स्वास्थ्य चौकीका बिष्णु क्षेत्री न्यायीक समितीका नरेन्द्र के.सी लगाएतले आ–आफनो भनाई राख्नु भएको थियो ।

गाउँपालीकाका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा कार्यक्रममा गाउँपालीकाका बिभीन्न वडाका सदस्य , पदाधिकारी , प्रतिनीधिहरुको सहभागीता रहेको थियो । गाँउपालीकाको कार्यालय र महिला पूर्नस्थापना केन्द्र ओरेक नेपालको सहकार्यमा कार्यक्रम भएको हो । ओरककी शोभा देवकोटाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण ओरेककी महिला स्वास्थ्य कार्यक्रम अधिकृत दिपा अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २६ गते शुक्रवार
प्रतिक्रिया