२०८३ जेष्ठ ४ गते सोमवार

आज संघिय संसदका दुवै सदनको बैठक बस्दै

फोटो फाईल

काठमाडौ, ४ जेठ । संघिय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ।संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक अहिले केहिवेरमा बस्दैछ र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवनमा बस्ने तय भएको छ।

आज बस्ने प्रतिनिधि सभा बैठकका लागि दुईवटा मुख्य कार्यसूची तय गरिएका छन्। बैठकमा पहिलो कार्यसूचीका रूपमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसैगरी बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता -कर प्रस्ताव बाहेक)सम्बन्धी प्रस्तावमाथि प्रारम्भिक छलफल शुरू हुनेछ। सरकारले बजेट ल्याउनुपूर्व सदनमा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि सांसदहरूले आफ्ना धारणा र सुझावहरू राख्ने क्रम आजदेखि शुरू हुने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार
प्रतिक्रिया