किसानको नाममा आएको बोका अध्यक्षले लगे

तुलसीपुर २६ असोज
तुलसीपुर उपमहागनरपालिका –९ का वडाध्यक्ष घनश्याम ढकालले किसानको नाममा आएको बोयर बोका आफै लगेको खुलासा भएको छ । ढकालले बोयर बोका आफनै श्रीमती बालिका ढकालको नाममा लगेको तुलसीपुर उपमहागनरपालिका अन्तर्गत रहेको पशुसेवा कार्यालयको अभिलेखमा उल्लेख छ । वडा नं. ९ का वडाध्यक्ष ढकालले रोजीविनी बोयर बोका लगेको स्रोतले बताएको छ ।
अन्य किसानले भने चिठ्ठा मार्फत लगेका थिए । पशु सेवा कार्यालयका अनुसार अन्य वडामा किसानलाई दिइएको छ । १९ वटा वडा मध्य बोयर बोका लग्ने एक मात्र वडा अध्यक्ष हुन् ।
‘म नौ नम्बर वडाको अध्यक्ष हुँ मैले पनि गाईबाख्रा पाल्छु मलाई पनि दिनुस भन्दै आउनुभयो ,’ कार्यालय प्रमुख सुदाम भट्टले भन्नुभयो, ‘अध्यक्ष आई सके पछि नाई भन्न सकिएन । ’ अध्यक्ष ढका बोयर बोका ल्याउन पटक पटक पशुसेवा कार्यालयमा गएका थिए ।
यता वडाध्यक्ष ढकालले सुरुमा आफुलाई थाहा नभएको बताए पनि पछि श्रीमतीले लगेको स्वीकार गरेका थिए । पशुसेवा कार्यालयले अनुदानमा दिएको सानो र घिनामर्नु भएको अध्यक्ष ढकालले बताए । ‘ बोका घरमा आउने बेला म दाङमा थिएन,’ अध्यक्ष ढकालले भन्नुभयो,‘ आउँदा घरमा बोका देखेपछि कहाँबाट ल्याएको हो भन्दा भेट्नरीबाट ल्याँए भनेर भन्थी बुढाीले ।’ प्रजनन व्यवस्थापनका लागि उन्नतजातको नश्लसुधार कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७४/0७५ को बजेटबाट अध्यक्ष ढकाल सहित १९ जना किसानले बोयर बोका लगेका छन् ।अध्यक्ष ढकालले बोयर बोका लगेको खुशीयालीमा वडा कार्यालयमा मिठाई समेत बाँडेका थिए ।

प्रकाशित मिति : २०७५ असोज २६ गते शुक्रवार
प्रतिक्रिया