२०८३ जेष्ठ १ गते शुक्रवार

मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा

काठमाण्डौ, १ जेठ ।  गए राति देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ । सिन्धुली, काठमाण्डौ, हेटौँडा, चितवन, झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि कोशी र मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा मध्यम वर्षा हुनेछ ।

साथै कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । अझै एक हप्ता यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार
प्रतिक्रिया