२०८३ भाद्र २३ गते मङ्गलवार

भाउजुलाई गोली हानि हत्या गर्ने देवर पेस्तोल सहित पक्राउ

तुलसीपुर १८ चैत्र भाउजुलाई गोली हानेर हत्या गर्ने एक युवक पेस्तोल सहित दाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १७ निबासी २९ बर्षका विक्रम थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ११ मंसिर २०७३ मा साविक त्रिपुर नगरपालीका ७ बडहरा हाल घोराही उपमहानगर पालीका १२ निबासी आफनै सहोदर भाउजु पुर्णा थापालाई घरमा बसीरहेको समयमा गोली हानी हत्या गरेर भागेका थिए । प्रहरीको विशेष टोलीले युवकलाई लुकीछिपी बस्दै आएको अवस्थामा ९एमएम पेस्तोल र ४ थान गोली सहित पक्राउ गरेको दाङका प्रहरीप्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।पक्राउ परेका युवकलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाइएको छ ।
प्रकाशित मिति : २०७३ चैत्र १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।