तुलसीपुर,३० बैशाख । दाङमा राहदानी सेवा नागरिकको घरमै पुर्याउने व्यवस्था आजदेखी लागु भएको छ । संघिय सरकारको सय दिने कार्यसूची अन्र्तगत सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्य अनुसार दाङमा पनि यसको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय दाङका बिचमा आज राहदानी सेवा घरदैलोमै उपलब्ध गराउने विषयमा सहमती भएको छ ।
कार्यालयले राहदानी हुलाक मार्फत नागरिकको घरमै पु¥याउने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र हुला निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक शोभाराम बस्नेतले सहमती पत्रमा हस्ताक्षर गर्नुभएको छ ।


प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार


















