तुलसीपुर, २५ बैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी भोली निर्वाचन हुदैछ । निर्वाचन समितिका अनुसार भोली विहान ८ बजेदेखी मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले दिएको जानकारी अनुसार भोली हुने निर्वाचनको तयारी भईरहेको छ । कुल मतदाता ८ हजार ४९ जना रहेको उहाले जानकारी दिनु भयो ।
अध्यक्ष पदका लागी तिन जना भिड्दै
संस्थाको आगामी नयाँ नेतृत्वका लागी अध्यक्षमा तिन जना चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले प्यानलनै बनाएर चुनाव लड्न लागेका छन् । संस्थाको अध्यक्ष पदमा धुव्र केसी, सुमन शर्मा र किशोर कुमार आचार्य चुनावी मैदानमा रहेका छन् । यस्तै संस्थाको एक जना बरिष्ठ उपाध्यक्ष पदका लागी दुई जनाको उमेदवारी परेको छ । जसमा भरतमणी पाण्डेय र यशोदादेवी पाण्डेय चुनावी मैदानमा रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै एक जना महिला उपाध्यक्ष पदका लागी खुमा कुमारी खड्का, निरजा पोख्रेल र कमला लम्साल गरी तिन जना बिच प्रतिस्प्रर्धा हुने भएको छ । यस्तैगरी सचिव पदका लागी दुई जनाको उमेदवारी परेको छ । जसमा धर्मेन्द्र श्रेष्ठ र दिनेश वली रहेका छन् । संस्थाको कोषाध्यक्ष पदका लागी पहलमान थापा,टिकाराम वली र दिनेश आचार्य बिच प्रतिस्प्रर्धा हुने भएको छ । यस्तै संस्थाको खुल्ला तिन सदस्य पदका लागी सात जनाको उमेदवारी परेको छ ।
जसमा राम कुमार दाहाल, नविन पोख्रेल, निरज कुमार कार्की, सुरेस केसी, चुर्ण बहादुर वली , विजय कुमार गुप्ता र तुलसीराम दाहाल बिच चुनाव हुदैछ भने तिन जना महिला सदस्यका लागी छ जनाको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । जसमा विन्दु पाण्डेय, सम्झना शर्मा, उसा सुवेदी थापा, आशा पुन घर्ति, रेखा न्यौपाने र किरण गौतम बिच प्रतिस्प्रर्धा हुने भएको छ ।


















