तुलसीपुर, २४ बैशाख । थारु पत्रकार संघ दाङको छैठौ साधारणसभा आज घोराहीमा सम्पन्न भएको छ । सभाले पत्रकार निता चौधरीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको छ । जसमा संघको वरिष्ठ उपाध्यक्षमा जयन्ती चौधरी, उपाध्यक्षमा शिवहरि चौधरी, सचिवमा श्री चौधरी, सहसचिवमा सुरक्षा चौधरी र कोषाध्यक्षमा केवि चौधरी सर्वसहमत चयन हुनु भएको छ ।
यस्तै संघको सदस्यहरूमा निशा चौधरी, विष्णु कुसुम लगायत चयन भएका छन् । संघको सदस्यमा एक जना भने पछि थप गरिने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार


















