२०८३ बैशाख २४ गते बिहिवार

खानेपानी क्षेत्रमा विद्युत महसुलमा छुट हुनुपर्छ : अध्यक्ष ओली

फोटो फाईल

दाङ, २४ बैशाख । राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले सरकारले बनाएको खानेपानी ऐन तथा नियमावली प्रति कडा आपत्ती जनाउनु भएको छ । कैलालीको लम्की सानासहरी खानेपानी संस्थाको आठौँ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

उहाले राज्यले खानेपानी क्षेत्रमा लगाएको कर,विद्युत महसुलमा छुट तथा ब्याजदर घटाउनु पर्नेमा जोड दिनुभएको छ ।
संस्थाका अध्यक्ष तेज बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाले आम उपभोक्तालाई स्वच्छ खानेपानीको लागी महत्वपुर्ण योगदान गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया