२०८३ बैशाख २२ गते मङ्गलवार

सभामुख अर्यालले प्रतिनिधिसभाका हर्कराज राईलाई किन हटाउन खोजे

फोटो फाईल

काठमाडौ, २२ बैशाख । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउन खोजेको विषय बाहिरीएको छ । यसका निम्ति उहाले राईलाई स्पष्टीकरण सोधेको पनि बताईएको छ । सचिव राईले सभामुखलाई स्पष्टीकरण पनि बुझाइसक्नु भएको छ ।राईलाई मुख्यत दुईवटा विषयमा स्पष्टीकरण सोधिएको छ ।

पहिलो, प्रतिनिधिसभा अन्तर्गतका संसदीय विषयगत समितिलाई सक्रिय बनाउन किन तदारुकता नदेखाएको र दोस्रोमा सांसदहरूलाई बोल्न दिने समयमा पक्षपातपूर्ण प्रस्ताव गरेको विषयमा स्पष्टिकरण सोधिएको थियो ।कार्यसम्पादनसँग जोडेर सभामुखले सचिव राईलाई स्पष्टीकरण सोधेको स्रोतले बताएको छ । सचिव राई अघिल्ला सभामुख देवराज घिमिरेको सिफारिसमा नियुक्त हुनु भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया