२०८३ बैशाख २२ गते मङ्गलवार

सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घट्यो

फोटो फाईल

काठमाडौ, २२ बैशाख । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया