२०८३ बैशाख २१ गते सोमवार

लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली बागमती र मधेसतिर सर्‍यो

फोटो फाईल

काठमाडौ, २१ बैशाख । हावाहुरी र चट्याङ सहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।यो प्रणाली पूर्वी मधेस र कोशी प्रदेशमा पनि केही समयमा पुग्ने देखिएको विभागले सूचना जारी गरेको छ। काठमाडौं उपत्यकामा पनि हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

हावाहुरी र चट्याङ सहित पानी परिरहेको बेला सतर्क रहन विभागले आग्रह गरेको छ।पछिल्नो समय हावाहुरी र चट्याङसहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यता दाङमा शनिवार देखी लगातार बर्षा भईरहेको छ । शनिवार दिउँसो हल्का देखी मध्यम बर्षा भएको थियो । यस्तैगरी आईतवार पनि केहि समय वर्षा भएकोमा सोमवार दिउँसो पनि बर्षा भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया