फोटो फाईल
काठमाडौ,२१ बैशाख । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सुन तोलामा ३ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ तोलामा दुई लाख ९५ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने २० रुपैयाँ बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पाँच हजार १० रुपैयाँ थियो ।
प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार


















