२०८३ बैशाख २० गते आइतवार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

फोटो फाईल

काठमाडौ, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ । उहाले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक जे कारण देखाएर फिर्ता गर्नुभएको थियो, अहिले पनि त्यही कुरा उठाएर पुनर्विचारका लागि फिर्ता गर्नुभएको हो ।

उहाले संविधान अनुसार बहुमतले निर्णय गर्ने व्यवस्था कुनै पनि कानुनले खण्डित हुन नहुने अडान विगतमा लिँदै आउनु भएको थियो । अहिले पनि सरकारले अध्यादेश ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखेर आएपछि राष्ट्रपतिले फिर्ता गर्नुभएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा ६ जना रहेका छन् । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।प्रचलित ऐनमा परिषद्को बैठक बस्न गणपूरक संख्या अध्यक्ष र चारजना सदस्य उपस्थिति अनिवार्य हुनुपर्छ ।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार
प्रतिक्रिया