२०८३ बैशाख १९ गते शनिवार

काठमाडौमा टाँस्न थाले घरधनीले घरघरमा पुर्जा

काठमाडौ, १९ बैशाख । डोजर चल्न थाले पछि आतंकित स्थानीयले धोबी खोला करिडोरका घरघरमा जग्गाधनी पुर्जा टाँसेका छन्। धोबी खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा सरकारले डोजर चलाउन सुरु गरेको छ।

डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका हुन्। अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चल्दा स्थानीयले आफ्नो घर मा पनि चल्न सक्ने डरले भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका हुन्।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया