बडादशैं आजबाट सुरु, घरघरमा जमरा राखिदै

दाङ, २४ असोजनेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवीदुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिँदै छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ७ बजेर १५ मिनेटमा रहेपनि अनुकुलता अनुसार पनि घटस्थापना राख्न सकिने समितिले जनाएको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमापनि घटस्थापनाको शुभसाइतमा जमरा राखिएको छ । घर–घरमा पनि जमरा राखिदैँछ । आश्विन शुक्लपक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रीआरम्भ हुन्छ ।
यस दिन घर घरमाजमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वानगरिन्छ ।आजको दिनविहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथाआफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतकाअनाज छर्ने गरिन्छ ।

माताभगवतीलाई मनपर्ने बनस्पतिजमरा भएकाले भगवतीलाई खुशीपार्नकालागिजमरा उमार्ने गरिएको धार्मिक मान्यता छ । आजविधिपूर्वक घर घरमाआह्वान गरी गरी पूजाआराधनागरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीकादिनविसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवीविसर्जनको साइतबिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७५ असोज २४ गते बुधवार
प्रतिक्रिया