२०८३ बैशाख १२ गते शनिवार

स्वागत गर्न नआएको भन्दै प्रअलाई हप्काएपछि विवादित बने रास्वपाका सांसद पोख्रेल

फोटो फाईल

काठमाडौ, १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयको गेटमा स्वागत गर्न नआएको भन्दै प्रअलाई दिएको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भएको छ ।ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै हप्काएको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले म आउँदैछु भन्दा तपाईं गेटमा निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । आफूलाई माननीयका रुपमा अथ्र्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने भन्दै हप्काएको भिडियोमा प्रस्ट देखीएको छ । उहाले आफु माथी अपमान भएको भन्दै सम्मान गर्न सिक्न प्रअलाई आग्रह गर्दै रिसाएको भिडियोमा देखीन्छ ।

सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उहाको अभिव्यक्ति प्रति विरोध हुन थालेको छ । पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो स्वागत गरेनन् भनेर प्रधानाध्यापकलाई थर्काउने पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ ।
सामाजिक सन्जाल मार्फत पोखरेलको नाम नलिइकन पुनले सांसद जनताको नोकर भएको उहालाई सुझाव दिनुभएको छ ।
पोखरेलले गरेको व्यवहारप्रति रास्वपाका नेता कार्यकर्ताले आपत्ति जनाएका छन् । केन्द्रीय सदस्य एवं मोरङ ३ बाट निर्वाचित गणेश कार्कीले पनि समाजिक सन्जाल मार्फत ‘भुई नछोड्न’ पोखरेललाई सुझाव दिनुभयो ।रास्वपाका कार्यकर्ता पनि सांसद पोखरेलले देखाएको व्यवहारप्रति रुष्ट बनेका छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ भने आलोचना पनि चर्को रुपमा भईरहेका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार
प्रतिक्रिया