तुलसीपुर, १४ असोज ।
विभिन्न स्थानीय तहका पदाधिकारीहरुले मुनाफाका लागि विकास निर्माणसँग सम्वन्धित साधनहरु व्यक्तिगत रुपमा किनिरहेको कुरा मिडियामा आइरहेका वेलामा तुलसीपुर उपमहानगरपालिकाले भने जनतालाई सर्वसुलभ र छिटै सेवा दिनका लागि विकास निर्माणसँग सम्वन्धित गाडी खरिद गरेर काम गरिरहेको छ ।
सवै ठाउँमा वाटो पुर्याउनुका साथै खाल्डाखुल्डीहरुलाई तत्काल पुरेर आवागमन सहज वनाउनका लागि उपमहानगरपालिकाले पछिल्लो समय प्रभावकारी ढँगले काम गरिरहेको भौतिक निर्माण तथा यान्त्रीक व्यवस्थापन समितिका संयोजक विरवहादुर विकले वताए । उनले जनताले चाहेको वेलामा विकास गर्नका लागि गाडी खरिद गरिएको र त्यसले हरेक वडामा आवश्यकता अनुसार बाटो खन्ने र ग्राभेल विच्छ्याउने काम गरिरहेको पनि जानकारी दिएका छन् ।
जनताले भनेकै वेलामा समस्या समाधान गर्नका लागि भौतिक निर्माणसँग सम्वन्धित खन्ने डोजर दुईवटा, बाटो सम्याउने रोलर एउटा, टिप्पर २ वटा र ट्याक्टर दुई वटा खरिद गरेर काम गरिरहेका छन् । संयोजक विकले जनताले चाहेको वेलामा सेवा पाइरहेको भन्दै एक कलमै समस्या परेको ठाउँमा गाडी पठाइरहेको वताए । उनले विभिन्न वडाको भौतिक अवस्था र आवश्यकता हेरेर साधनहरुले हरेक दिन काम गरिरहेको पनि वताए । “आवश्यकता अनुसार हरेक वडामा ५ दिनसम्म काम गरिरहेका छौ,वडाको आवश्यकता हेरेर दिन निर्धारण गरिएको हो ” संयोजक विकले वताए । उनका अनुसार उपमहानगरपालिकाको योजनामा नपरेका तर आवश्यक परेका ठाउँमा काम गरिरहेको पनि वताए ।
उपमहानगरपालिकाले विकास सम्वन्धि गाडीहरुको व्यवस्था गरेपछि अहिले हरेक वडामा रहेको खाल्डाखुल्डी पुर्नेदेखि ग्राभेल गर्ने सम्मका कामहरु तिव्र रुपमा भइरहेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् । उनले उपमहानगरपालिकाले आफ्नै साधनबाट काम गर्दा थोरै लगानीमा पनि धेरै काम भइरहेको वताए । “आफैले काम गर्दा थोरै पैसामा धेरै गर्न सकिदो रहेछ ” प्रमुख पाण्डेले भने ।
उपमहानगरपालिकाले गाडी खरिद गरेर वडामा काम गर्न सजिलो भएको वडा नम्वर १० का अध्यक्ष कुमार लामिछानेले वताए । “वडामा केही समस्या पर्यो भने गाडी मगाएर काम गर्न सजिलो भएको छ ” वडा नम्वर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले खुसी व्यक्त गरे ।
वडामा रहेका विभिन्न विकासका कामसँगै विपद व्यवस्थापनका लागि पनि गाडीहरुले काम गरिरहेको संयोजक विकले वताए । उनले गाडीले नगरपालिकाकै कामलाई तिव्रता दिएको वताउँदै अव जनताका लागि पनि सस्तो दरमा उपलब्ध गराइने वताए । “गाडीलाई त्यसै खाली राख्नुभन्दा काम नभएको वेलामा सस्तो दरमा जनतालाई भाडामा समेत दिने गरेका छौ ” उनले वताए । गाडी व्यवस्थापनको जिम्मा लिएका नासु मधुकर डाँगीले जनताले वडा मार्फत गाडीको माग गर्न सक्ने जानकारी दिएका छन् । उनले वडा मार्फत जानकारी प्राप्त भए लगत्तै आवश्यकता अनुसार तत्काल गाडी उपलब्ध गराइने पनि वताए । “कुनै आपतकालिन काम रहेछ भने हामीले तत्काल उपलब्ध गराउने समेत गरेका छौ ” डाँगीले भने ।
यसैगरी संयोजक विकले गाडी प्रयोगमा उपमहानगरपालिकाका विकट वडालाई प्राथमिकता दिएको वताए । उनले वृहत योजनाका कामहरु समयमै सम्पन्न गर्नका लागि उपमहानगरपालिकाले गाडीको सहयोग गरिरहेको समेत वताए । “अटो भिलेज निर्माणका काम कम भइरहेको थियो हामीले केही दिन गाडी प्रयोग गरेपछि आशातित रुपले अगाडी वढेको छ ।