तुलसीपुर, ७ बैशाख । प्रहरीले तुलसीपुरबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो ४ बजेतिर बसपार्क पिपलबोट नजिकैबाट उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको भन्दै अहिले उनीहरुको नाम र बरामद भएको लागु औषधको परिमाण बारे केहि खुलाएको छैन । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार


















