फोटो फाईल
काठमाडौ, ४ चैत । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिनुभयो । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गर्नुभएको हो ।धितोपत्र ऐन अनुसार बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्छ । सोही अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्री समक्ष राजीनामा दिने जानकारी गराएको धितोपत्र बोर्डका एक सञ्चालकले बताउनुभयो ।
शुक्रबारको बोर्ड बैठक सकिएपछि श्रेष्ठले सञ्चालकरूलाई जानकारी दिँदै सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन लागेको बताएको ती सञ्चालकको भनाइ छ ।श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार












