२०८३ बैशाख ४ गते शुक्रवार

सार्वजनिक रुपमा माफी मागेपछि छुटे सागर सुवेदी

तुलसीपुर, ४ बैशाख ।  आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेपछि पक्राउ परेका सागर सुवेदी छुटेका छन् । रेडियो प्रकृति एफएफमा प्रवेश गरेर पत्रकार चेतन ओलीमाथि दुर्व्यवहार गरेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई हिजो साझ साढे ४ बजेको समयमा पक्राउ गरी हिरासतमा राखेको थियो । सुवेदीले आवेशमा आएर आफुले यस्तो व्यवहार गरेको भन्दै सार्वजनिक रुपमा भिडियोमार्फत माफी मागेपछी उनलाई आज छोडिएको हो ।

उनले आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले उनलाई रिहा गरेको हो । इलाका प्रहरी कार्यालयले सुवेदीसँग लिखित रूपमा कागजसमेत गराएको छ, जसमा उनले भविष्यमा यस्ता कार्य कहिल्यै नगर्ने उल्लेख गरेका छन् ।।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार
प्रतिक्रिया