२०८३ बैशाख ४ गते शुक्रवार

आज सुनको भाउ ३ हजार रुपैयाँले घट्यो

काठमाण्डौं,४ बैशाख । आज सुनको भाउ ३ हजार रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउँ तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२० रुपैयाँले घटेर तोलाको ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी हिजो तोलाको ५ हजार २५० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार
प्रतिक्रिया