२०८३ बैशाख ३ गते बिहिवार

देशका एकदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौँ, ३ बैशाख ।  आज कोशी, बागमती र गण्डकी प्रदेशको एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा बादल लाग्ने महाशाखाले जनाएको जनाएको छ । बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने भए पनि तराइमा मौसम सफा रहने विभागले जनाएको छ । साथै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार
प्रतिक्रिया