फोटो फाईल
काठमाडौ, २ बैशाख ।सरकारले वैदेशिक रोजगारीमा इजरायल, कुवेत, बहराइन र लेबानान जानका लागि पनि पुनः श्रम स्वीकृति दिन थालेको छ । वैदेशिक रोजगार विभागले आज सूचना निकालेर थप चार वटा देशको पुनः श्रम स्वीकृति खुला गरेको जानकारी गराएको हो ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा बढेको तनावका कारण सरकारले गएको फागुन १७ गतेदेखि मध्यपूर्वका देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गर्ने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।
मध्यवूर्पको अवस्था केही स्थिर बनेपछि सरकारले यसअघि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स -यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति खुला गरेको थियो ।बाँकी रहेका देशहरू– इजरायल, कुवेत, बहराइन र लेबनान देशको पुनः श्रम स्वीकृति आजदेखि नियमित भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार












