रेडियो प्रकृतिले सोमवार बार्षिक उत्सव मनाउदै

तुलसीपुर,२१ असोज ।
दाङको तुलसीपुरबाट प्रशारण हुदै आएको नेपालकै पहिलो बातावरणमैत्री सामुदायिक रेडियो प्रकृति एफ ९३.४ मेघाहर्ज भोलि सोमवारबाट नवौ वर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा रेडियोले एक कार्यक्रमको आयोजना गरी सोमवार बार्षिक उत्सव मनाउन लागेको रेडियो स्टेशन म्यानेजर आपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

रेडियो सन्चालक समितिका अधयक्ष खगेन्द्र पोख्रेलको अध्यक्षतामा यस अघि बसेको बैठकले बार्षिक उत्सव मनाउने निर्णय गरेको हो । सोमवार विहान ११ वजे तुलसीपुर नगर विकास समितिको समिक्षालयमा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने जनाइएको छ ।

कार्यक्रममा विज्ञापन दाता, रेडियोका कर्मचारीहरुलाई सम्मान गरिने कार्यक्रम रहेको म्यानेजर बस्नेतले जानकारी दिएका छन् । साथै उक्त कार्यक्रमा सहभागि हुनका लागी रेडियोले सवैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार
प्रतिक्रिया