बसन्त परियार,तुलसीपुर २१ असोज ।
प्रतिनिधि सभाका सांसद हिराचन्द्र केसीले काम चलाउ शिक्षाबाट देशको समृद्धिनहुने बताएका छन । देश समृद्धिबन्नका लागि शिक्षालाई ब्यवहार मुखि बनाउनुपर्ने उनको भनाई थियो । अमर मावि उरहरीमा पशु विज्ञान विषयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले यस्तो बताएका हुन ।
प्राविधिक शिक्षाग्रामिण स्तर सम्म पुराउने सरकारको योजनाक्रमिक रुपमा पुरा हुदै गएको उनले बताएका थिए । वि.ब्य.स.का जेष्ठ सदस्य टेक बहादुर केसीको अध्यक्षतातथा सांसद केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्मार्ट बोर्डमा लेखेर उद्घाटन गरिएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सभा सदस्य रेवतिरमण शर्माले गुणस्तरीय शिक्षा प्रदान गरि ग्रामिण भेगमादक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
आफ्नै गाउ ठाउमा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थिमा यो अवसर आएको हुदा सदुपयोग विद्यार्थिलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरकानगर प्रमुख घनश्याम पाण्डेले ब्यावहारीक शिक्षा नै अहिलेको आवस्यकता रहेको बताएका थिए । ब्यावसायिक शिक्षा प्रतिआकर्षणको लागि उपमहानगरले सहयोग गर्न तयार रहेको उनले बताएका थिए । यस बर्ष सम्बन्धन लिएका थपचार विद्यालयलाई दशलाखका दरले रकम उपलब्ध गराईने उनले जानकार दिएका थिए । नगर प्रमुख पाण्डेले तुलसीपुर लाई शिक्षाको क्षेत्रमा उत्कृष्ट बनाउने लक्ष्य पुरा गर्नका लागि सब जुट्न ुपर्ने बताएका थिए ।
वि.ब्य.स.सदस्य केदार प्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व सांसद बुद्धिराम भण्डारी,नेकपाका टिकाराम खड्का, नेपाली कांग्रेसका जिल्ला सभापती कृतिबहादुर खड्का , विद्यालयका पुर्व प्रअ शोभाराम बस्नेत,शंकर गिरी ,सिटिईभिटि लालमटियाका प्रतिनिधि प्रेम बास्कोटा,नगर शिक्षा संयोजक देवराज विश्वकर्मा,नेकपाका मनोहर बुढाथोकि,तुलसीपुर ११ कावडाध्यक्ष चित्र बहादुर वली,पुर्व बि.ब्य.स.को तर्फ बाट मानबादुर रावत,जेष्ठ नागरीकका ललित बहादुर वली,चन्दा दाताबाट हुकुम बहादुर बस्नेत लगायतले बोलेका थिए ।
विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले कार्यक्रमबारे जानकारी गराएका थिए भने सहजिकरण सहायक प्रधानाध्यापक पदम बहादुर वलीले गरेका थिए । सो अवसरमा कचिला,कचिलि,उरहरी गरि तिनगाँउको थारु नृत्य प्रस्तुत गरिएको थियो ।