तुलसीपुर, २१ असोज ।घोराहीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा पैदलयात्रु घोराही १५ निवासी ३८ बर्षिया तिला परियार गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गम्भिर घाईते परियारको छातीमा दुई वटा सरिया गाभिएको र उनको थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रिफर गरीएको प्रहरी प्रबक्ता रामप्रसाद घर्ति मगरले जानकारी दिएका छन् ।
घोराही वष्र्टन बैंक नजिकै लु ३४ प २४२९ नम्वरको मोटरसाईकल र रा २ प ५२५८ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिदा पैदल यात्रु परियार ठक्कर दिदा फलामको सरीया लोड गरि रोकीराखेको रा १ त २३२० नम्वरको टेक्टरमा ठोक्किन पुग्दा उनको शरीरमा सरिया गाभिएको प्रहरीले बताएको छ । दुर्घटना आईतवार दिउँसो तिन बजेतिर भएको हो । दुर्घटनामा परेका दुई वटा मोटरसाईकल र टेक्टर सहित चालकहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार