फोटो फाईल
काठमाडौ, २५ चैत । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो । विगत लामो समय देखी डिजेलको मुल्य बृद्धि भएपनि भाडादर नबढाएको भन्दै यातायात व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको हो।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार








