फोटो फाईल
काठमाडौ, २५ चैत । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनुभएको हो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राई, विकास आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले शपथ लिनुभएको हो ।
सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा हिजो बसेका समिति बैठकमा दलहरूबीचको सहमतिका आधारमा एकरएक उम्मेदवारको प्रस्ताव परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार








