फोटो फाईल
तुलसीपुर, २५ चैत । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ आज एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ हिजो ४०० रुपैयाँले बढेर तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा पुगेको थियो ।आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २०५ रुपैयाँले बढेर तोलाको ५ हजार २५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार








