फोटो फाईल
काठमाडौ, २५ चैत । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्ने तयारी गरेका छन्। उक्त भेटमा शिशिर खनालसमेत सहभागी हुने जनाइएको छ।प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिनुभयो ।
उहाले यस सामूहिक संवादले नेपालको कूटनीतिक अभ्यासमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै आज प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार








