२०८२ चैत्र २५ गते बुधवार

राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्धारा शपथ ग्रहण

काठमाडौ, २४ चैत ।राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामयमुकायमा प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायतको उपस्थिति थियो ।एमाले सांसद भण्डारी हिजो राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया