फोटो फाईल
रोल्पा, २३ चैत । लागु औषध मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले २३ वर्ष पछि पक्राउ गर्न सफल भएको छ ।पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका ४ थापलखर्कका ८१ वर्षीय कुलबहादुर घर्तीमगर रहेको प्रहरीले जानकारी दिएको छ । कपिलवस्तु जिल्ला अदालतले २०५९ माघ १८ गते लागुऔषध -चरेस) मुद्दामा मगरलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
लुकीछिपी बस्दै आउनु भएको मगरलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले आइतबार राती घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार








