२०८२ चैत्र २३ गते सोमवार

आज सुनचाँदीको भाउ दुई हजारले घट्यो

फोटो फाईल

काठमाडौ, २३ चैत । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४सय रुपैयाँमा कारोबार भैरहेको छ ।हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलाको २ हजार ६ सय रुपैयाँले घटेको हो ।

सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेकोमा आज घटेको हो ।त्यस्तै चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३० रुपैयाँ रहेकोमा आज ४ हजार ७ सय ८० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया