फोटो फाईल
काठमाडौ, २२ चैत ।प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद -डीपी)अर्यालले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र -बालेन) शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा औपचारिक रूपमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो । सभामुखमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्याल रास्वपाबाट निर्वाचित हुनु भएको थियो ।
प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार








