२०८२ चैत्र २३ गते सोमवार

भोली देखी हप्तामा दुई दिन सार्वजनिक विदा हुने

सांकेतिक तस्विर

काठमाडौ, २२ चैत । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उहाले जानकारी दिनुभयो ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि चैत २३ गते देखि यो समयावधि लागू हुनेछ ।

प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार
प्रतिक्रिया