शिबालिक सहकारीको १२औं बार्षिक साधारणसभा

दाङ, २० असोज ।
शिबालिक बचत तथा ऋृण सहकारी संस्था लिमिटेड तुलसीपुरको १२औं बार्षिक साधारणसभा शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले यो संस्था सानो र शेयर सदस्य थोरै भए पनि सहकारी क्षेत्रमा देखा पर्ने बिभिन्न खाले उतार चढाबका बावजुत सदस्यहरुलाई बचत गर्ने बानीको बिकास गराउदै छोटो अबधीमा सहकारी मुल्य, मान्यता र सिध्दान्तको अधिकतम पालना गरी आफ्नो अलग पहिचान कायम गर्दै अगाडि बढिरहेको बताउनु भएको छ ।

साथै उहाँले आउँदा दिनहरुमा यस संस्थाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै दिगो बिकास लक्ष्य प्राप्तीका लागि गुणात्मक पक्ष अझ मजबुत बनाउदै लग्ने जानकारी पनि दिनुभयो । लेखा समितिका संयोजक खुम बहादुर न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष तुफानबाबु श्रेष्ठले तथा वार्षिक प्रगती विवरण महासचिब देव बहादुर केसीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेत, सल्लाहकार उमेशचन्द्र मजगैया, शेयर सदस्य कुशल तर्ताल र बिष्णु कुमारी केसीले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट ऋृणी ज्ञान बहादुर बस्नेत र तारा घिमिरेलाई नगद, प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया