घर भत्कीएलाई उवासंघको सहयोग

 

दाङ, १७ असोज 

घर भत्कीएर पिडित भएका व्यवसायि लाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ । संघले घोराही उप महानगरपालिका वडा नं १५ काठेकोलमा रहेको साइला दाइ किराना पसलका प्रोपाइटर दिलवहादुर गिरी लाई नगद १५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको हो । पिडित गिरी लाई संघले व्यवसायिक सुरक्षा कोष वाटसहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष शुसिल पोख्रलेले जानकारी दिए ।

आफना सदस्य लाई अप्ठेयारो परेको समयमा थोरै भए पनि सहयोग मिलोस भनेर सहयोग गरेको संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । संघले आफना सदस्यहरु लाइ अप्ठेरो पर्दा सहयोग गदै आएको छ । गिरीको घर गएको भदौ २७ गते राती भत्कीएको थियो ।

प्रकाशित मिति : २०७५ असोज १७ गते बुधवार
प्रतिक्रिया