तुलसीपुर, १७ असोज
पाल्पामा माछा मार्ने क्रममा बुधवार पानी डुवेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रम्भा गाउँपािलका वडा नम्वर ५ फुूङदि बस्ने अन्दाजी ४९ वर्षिय बहादुर ठाडा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी दिएको छ । जिल्लाको पुर्व खोला गाउँपालिका वडा नंम्वर २ पुर्वखोलामा बुधवार दिउँसो २ वजेतिर माछा मार्न गएका थिए । उनी मृगी रोगका विरामी भएकाले ढुङगामा चिप्लिएर पानीमा खस्दा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ असोज १७ गते बुधवार