तुलसीपुर १८ चैत्र
नेकपा एमाले सहकारी तथा गरिबीनिबारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डेले आगामी निर्वाचनमा जनपक्षिय नेतालाई जिताउन आग्रह गरेका छन् । हरेक ठाउँको आर्थिक, समाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनका लागि जनपक्षिय नेताको आवश्यकता रहेको उनले बताए । तुलसीपुर उपमहानगरपालीका २ तकियापुरमा आयोजीत वडा समायोजन कार्यक्रमलाई सम्बोधनगर्दै सदस्य पाण्डेले स्थानीय निर्वाचानमा नेतालाइ जिताउनु भन्दा पनि कस्तो नेतालाई जिताउने भन्ने कुरामा ख्याल गर्न आग्रह गरे । अहिले सम्मको परिवर्तनलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचानमा सुर्य चिन्हमा मतदान गर्न समेत उनले आग्रह गरे ।
वडा कमीटीका संयोजक विनोद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले दाङका संगठन विभाग प्रमुख कृष्ण भुसाल, एमाले निकट वुद्धिजीवीपरिषदका सदस्य जोगराज गिरी, तुलसीपुर उमहानगरपालीकाका इन्चार्ज देवराज विक, जिल्ला कमीटी सदस्य द्धोय पदम केसी, मेघराज भुसाल, राममणी नेपाली, तुलसीपुर उमहानरपालीका ९ का एमाले वडा कमीटी सचिव भिमकान्त बस्याल संगित लगाएतले आ–आफना भनाई राखेका थिए । उपसंयोजक भिम योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव मोहन डाँगीले गरेका थिए ।
सो अवसरमा साविकको पवननगर गाविसका पाँच देखि ९ नम्बर वडा, तुलसीपुर उपमहानगरपालीकामा संमायोजन पश्चात दुइ नम्बर वडा भएको छ । यसैविच विनोद शर्माको संयोजकत्वमा २९ सदस्य वडा कमीटी समेत गठन गरिएको छ । जसको उपसंयोजकमा भिम योगी, सचिवमा मोहन डाँगी लगएत रहेका छन् ।
जनपक्षिय नेतालाई जिताउनुस : पाण्डे
प्रकाशित मिति : २०७३ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया