टरीगाउँ एयरपोर्टमा परिक्षण उडान (फोटोफिचर सहित )

तुलसीपुर १६ असोज
नेपाल एयरलाइन्सले दाङको टरीगाउँमा परिक्षण उडान गरेको छ । विहानको ११ बजेर २० मिनेटमा पहिलो पटक विमानस्थलमा अवतरण गरेको पाँच मिनेटमै उडेको नाइन. एन. एकेयु विमानले दोस्रो पटक ११ बजेर ३५ मिनेट जाँदा पुनः अवतरण गरेको थियो । अवतरण पछि प्रत्रकारहरु संग कुरा गर्दै प्राविधिक टोलीले प्राविधिक दृष्टिकोणले विमानस्थल उपयुक्त भएको बताएका छन् । १० बर्ष अघि टरीगाउँ एयरर्पोटमा घाँसे मैदानमा विमान अवतरण गरेको स्मरण गर्दै क्याप्टेन आङनुरी शेर्पाले अहिले निकै राम्रो भएको बताए ।

१६ सीटे जहाँजका लागि उडान भर्न कुनै समस्या नभएको भन्दै क्याप्टेन शेर्पाले पाँच सय मिटर विस्तार गरेमा ३२ सीटे जहाँज बस्न सक्ने बताए । नेपाल वायुसेवा निगमका इन्जिनियर विशाल पौडेलले धावनमार्ग उपयुक्त रहेको भन्दै रुख विरुवा र घरले कुनै असर नगर्ने बताए । प्राविधिक टोलीमा क्याप्टेन उद्धव घिमिरे, मोनिका रञ्जीत र सन्तोष निरौलाको पनि सहभागिता रहेको थियो । प्राविधिक टोलीलले पैतीस सय रुपैयाँ भाडा निर्धारण गरे पनि कुनै घाटा नलाग्ने बताएको छ । सकभर इन्धन डिपो स्थापना गरेमा सहज हुने उनिहरुको सुझाव थियो । प्राविधिक प्रतिवेदन बुझाएको आधारमा विमान पनि नियमित उडान हुने उनिरुले बताएका छन् ।

प्राविधिक टोलीले दशै अघि नै नियमित हुने बताएको छ । संघिय सांसद मेटमणी चौंधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलका बीच आज जहाँजले परिक्षण उडान गर्ने र त्यसपछि नियमित उडान भर्ने सहमति भएको थियो ।

 

 

 

 

प्रकाशित मिति : २०७५ असोज १६ गते मङ्गलवार
प्रतिक्रिया