विकास विरोधी काँग्रेसले नारायणपुरमा उत्पात मच्चाए

 

तुलसीपुर १५ असोज

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता मनोहर बुढाथोकीले विकास विरोधी नेपाली कांग्रेसका केहि झुण्डले वैकल्पीक विमानस्थलका विरुद्धमा उत्पात मच्चाएको बताएका छन । तुलसीपुर खबरसंग कुरागर्दै युवा नेता बुढाथोकीले विकास विरोधीले उठाएको गलत अफवा प्रति नलाग्न नारायणपुरबासीलाई आग्रह गरे । जनताबाट अनुमोदित जनप्रतिनिधीले जनताको भावना विपरित कार्य नगर्ने भन्दै कांग्रेस भित्रका केही विकास विराधीले वर्तमान सरकारले अघि सारेका जनमुखी कार्यका विरुद्ध योजना बद्ध रुपमा कार्यक्रम ल्याएको बताए । कानुन बमोजिम बैकल्पीक विमान स्थलको कार्य सुरु हुने भन्दै होहल्लाका भरमा काम नरोकीने बताए ।
नेकपाका केही व्यक्तिहरु कांगे्रसको चंगलुमा फसेको भन्दै गलत हल्लाका पछाडी लागेर उछृङखल र अराजक गतिविधि नगर्न बुढाथोकीले आग्राह गरे । केही व्यक्तिलाई जम्मा गरेर सडक, उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा गएर उर्छिदैमा त्यसले कुनै असर नपार्ने भन्दै वर्तमान सरकार जनताको साथमा रहेको बताए ।

 

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार
प्रतिक्रिया