सहकारीले उत्पादनमुलक क्षेत्रमा बढि लगानी गर्नुपर्नेमा जोड

तुलसीपुर ,१४ असोज ।राजधानी बहुउद्देशिय सहकारी संस्था लिमिटेड सेवा केन्द्र तुलसीपुरको प्रथम साधारण सभा  शनिवार तुलसीपुरमा सम्पन्न भएको छ । सेवा केन्द्र तुलसीपुर सन्चालक समितिका संयोजक लाल बहादुर विकको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली माईकलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै कार्यपालिका सदस्य माईकलले तुलसीपुर नगरलाई सहकारीको माध्यमबाट आर्थिक रुपमा सम्पन्न बनाईने बताएका थिए । उनले सहकारीले उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्नु पर्ने सुझाव दिदै हरेक नागरिकको जिवनस्तर बृद्धि गर्नका लागी सहकारीको माध्यमबाट अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।
स्थानिय पुर्नसंचरना अन्र्तगत अव नगर भित्र सहकारी संस्था हेर्नका लागी छिटै नगरकार्यपालिकाको बैठकबाट संयोजक तोक्ने तयारी रहेको बताएका छन् । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले सहकारी सन्चालनमा आर्थिक पारदर्शिता हुनुपर्ने बताएका छन् । सहकारीको ऋण लगानी र बचत गर्ने मात्र उद्देश्य नभई सामाजिक रुपमा नमुना योग्य काम गर्नुपर्ने सुझाव दिएका थिए ।

सभामा सेवा केन्द्रका प्रमुख दिपक वलीले आर्थिक र सन्चालक समितिका संयोजक लाल बहादुर विकले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा सहकारी संस्थाका केन्द्रिय उपाध्यक्ष दुर्गा बहादुर वली,जनआस्था बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कलिभान रोका, तुलसीपुर होटेल व्यवसायी समितिका कोषाध्यक्ष चुर्ण बहादुर वली, संस्थाका शेयर सदस्य धन बहादुर बुढा, संस्थाका कर्मचारी नोखी रावत लगाएतले बोलेका थिए ।
सन्चालक समितिका सदस्य भद्र बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सहसंयोजक टिकाराम पुनले गरेका थिए । साथै कार्यक्रममा सेवा केन्द्रमा २५ हजार रुपैया देखी एक लाख ५ हजार रुपैया सम्म शेयर लगानी गर्ने शेयर सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो । जसमा धन बहादुर वुढा, प्रकाश डाँगी, शोभा विक, रिता वली, रिता गौतम, निर्मला हमाल लगाएतलाई सम्मान गरीएको थियो ।
सहयोगि बचत संस्थाको सधारण सभा सम्पन्न
सहयोगि बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक सधारण सभा तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कर्ण बहादुर वलीको अध्यक्षता तथा नेफस्कुनका लेखा सुपरिबेक्षण समितिका संयोजक दामोदर अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहकारीका तुलसीपुर संयोजक टोप बहादुर केसी,जिल्ला बचत तथा ऋण सहकारीका सचिब रुप बहादुर खत्रि,हाम्रो पहुच सहकारीका अध्यक्ष शुक्रराज भण्डारी,रारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टोप बहादुर घर्ति,राप्ती विश्वासीबचत तथा ऋण सहकारी संस्थाका सचिब ईन्द्र बहादुर बुढाथोकी, लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०७५ असोज १४ गते आइतवार
प्रतिक्रिया