शनिबार पनि सेवाग्राहीको संख्या बढ्दै

तुलसीपुर १४ असोज
जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सेवा दिन सुरु गरेपछि सेवाग्राहीको संख्या बढ्न थालेको छ । सात वटा शनिबारमा जिल्ला प्रशासनबाट २१ जनाले नागरिकता बनाएका छन् । विद्यार्थी र कर्मचारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले भदौ २ गते देखि शनिबार पनि कार्यालय खुल्ला गर्ने निर्णय गरेको हो । नयाँ नागरिता लिनेको संख्या ७ र प्रतिलिपि लिनेको संख्या १४ रहेको सहायक प्रमुख जिल्ला अधिकारी गनेशप्रसाद आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय शनिबार पनि खुल्छ भन्ने थाहा पाएपछि सेवाग्राहीको संख्या पनि बढ्न थालेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ असोज १४ गते आइतवार
प्रतिक्रिया