माटोको ढिस्कोले पुरिदा एकै घरका तिन जनाको ज्यान गयो

तुलसीपुर, १३ असोज ।माटोको ढिस्कोले पुरिएर दाङमा एकै घरका तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपालिका वडा नंं ४ मौरीघाटका ३० बर्षिया श्याम कुमारी चौधरी, ३५ बर्षीया मीनाकुमारी चौधरी, १२ बर्षिया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन ।
सोहि वडाको दुलई भन्ने स्थानमा माटो लिन गएका उनीहरु माटोको ढिस्कोले पुरिएर एकै घरका तिन जनाको ज्यान गएको हो । मीना र श्याम कुमारी नन्न भाउजु हुन् भने रेजिना मीनाकी भतिजि रहेको प्रहरीले बताएको छ ।
घर लिप्नका लागी शनिवार उनीहरु माटो ल्याउन गएको बताईएको छ ।उनीहरुको शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखीएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार
प्रतिक्रिया