दुर्घटना हुदा दुई जनाको ज्यान गयो

तुलसीपुर, १३ असोज । नवलपरासी पुर्वको कावासोतीमा बस र ट्रक एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा बाँके कोहलपुर नगरपालिका वडा नम्वर ४ का २३ वर्षीय बस चालक सुरज विक र कपिलवस्तु बारगंगा नगरपालिका २ का २४ वर्षिय लक्ष्मण थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ । दुर्घटनामा परि अन्य ३२ जना घाईते भएका छन् ।

नेपालगन्जबाट काठमाडौ तर्फबाट जादै गरेको ना ७ ख ५६२९ नंम्वरको बस र विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ७७१९ नम्वरको ट्रक कावासोती १६ मा शनिवार विहान ३ वजेतिर ठोकिदा दुर्घटना भएको हो । बसमा ३४ जना यात्रु सवार रहेको प्रहरलिे जनाएको छ । दुर्घटना परि गम्भिर घाईते भएका सुरज विक र लक्ष्मण थारुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

अन्य घाईते मध्ये ५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल,१६ जनाको कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भईरहेको छ । बाँकी ११ जनालाई थप उपचारका लागी भरतपुर रिफर गरीएको प्रहरीले जनाएको छ । ट्रक चालक फरार भएको र उनको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ । ।

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार
प्रतिक्रिया