२०८२ फाल्गुन १ गते शुक्रवार

आज सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाण्डौं,११ माघ । आज सुनचाँदीको भाउ बढेर कीर्तिमान बनाएको छ । सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २ सय ९० रुपैयाँले बढेर तोलाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ६ हजार १ सय ९० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया