रुकुम पश्चिमको दुई स्थानमा दुई वटा शव फेला

लक्ष्मण विश्वकर्मा, तुलसीपुर १३ असोज ।
रुकुम पश्चिमका दुई छुट्टा छुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दिएको जानकारी अनुसार जिल्लाको बाँफीकोट गाउँपालिका वडा नम्वर ७ का अन्दाजी ६० वर्षका मोतिलाल बुढा आफनै घरमा मृत अवस्थामा फेला परेका छन् । उनको आफन्ती कोहि नभएको हुदा उनी घरमा एक्लै बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा उनको निधन दुई चार दिन अघि नै भइएको हुन सक्ने प्रहरीले बताएको छ । स्थानियले मृत अवस्थामा देखीपछि प्रहरीलाई शुक्रवार खवर गरिदिएको बताईएको छ ।यस्तै रुकुम पश्चिमकै अर्को खवरमा भेरी नदीको किनारामा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार आठविसकोट नगरपालिका वडा नंम्वर ११ स्थित भेरी नदीको किनारामा अन्दाजी ३५ वर्षिया महिलाको शव शुक्रवार विहान साढे नौ वजेतिर फेला परेको हो । यो समाचार तयार पार्दा सम्म उनको पहिचान हुन सकेको छैन । घटना संकास्पद भएको भन्दै मृतकको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखीएको छ ।

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार
प्रतिक्रिया