विद्यार्थीलाई दुग्धपान

तुलसीपुर १२ असोज

साकार सौरभ डेरी उद्योग तुलसीपुरले जनमुखी प्राथामिक विद्यालयमा अध्यनरत छात्र छात्रलाई दुग्धपान गराएको छ । विश्व दुग्ध स्कुल दिवसका अवसरमा उद्योगले विद्यालका ७० जना छात्रछात्रालाई दुग्धपान गराएको साकार सौरभ डेरी उद्योगका संचालक साकार खड्काले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पशुसेवा कार्यालय तुलसीपुरका प्रमुख सुदाम भट्ट, प्राविधिक नवराज रेग्मी, विद्यालयका प्रधानाध्यापक लिलाधर खड्का लगाएतले दुग्ध जन्य पदार्थको सुद्धताका लागि जनचेतना जगाउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७५ असोज १२ गते शुक्रवार
प्रतिक्रिया